समाज


चोरीको मोटरसाइकल चलाउने व्यक्ति पक्राउ

चोरीको मोटरसाइकल चलाउने व्यक्ति पक्राउ

नेपालखबर
पुस २६, २०७७ आइतबार १५:४८,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले स्रोहखुट्टेबाट बालाजुतर्फ गईरहेको प्रदेश ३-०२-०१५ प १७७३ नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा बालाजु, बसन्तनगरबाट पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–७ मछेडीखोला बस्ने वर्ष २२ को भिमसेन खड्का रहेको महाशाखाले जनाएको छ। अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३-०२-०१४ प ०३३९ खुल्न आएको छ।

उक्त नम्वरको मोटरसाइकल सिपाडोल भक्तपुरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि खोटाङको दिकतेल–१५ बस्ने चित्र बहादुर खत्रीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती, भक्तपुर, पठायएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad