कारोबार


सुनचाँदी व्यवसायी महासंघमा शाक्य निर्वाचित

सुनचाँदी व्यवसायी महासंघमा शाक्य निर्वाचित

नेपालखबर
पुस २६, २०७७ आइतबार १५:४०,

नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन्। महासंघको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन्।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन्।

एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्।

साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए। नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता संगठन हो।

मुलुकको संघीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एसोसिएट सदस्य तथा वस्तुगत संघहरु यस महासंघमा आबद्ध छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad