भक्तपुरमा घरको गाह्रो लगाउने क्रममा खसेर एक मजदुरको ज्यान गएको छ।
आइतबार दिउँसो पौने २ बजे भक्तपुर नगरपालिका २ कालोपाटीका सुनिल थिमीको ५ तले पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा लडेर एक मजदुरको ज्यान गएको हो।
महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने अन्दाजी ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको हो।
५ तला माथिबाट लडी भुईं तलामा बजारिँदा गम्भीर घाइते भएका उनलाई तत्कालै स्थानियले डा. इवामुरा अस्पताल भक्तपुर लगेका थिए। तर अस्पताल पुर्याएको केही बेरमै उनलाई मृत घोषणा गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए।
3
Shares

प्रतिक्रिया