काठमाडौँबाट प्रहरीले स्रोत नखुलेको आठ लाख ६१ हजार पाँचसय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई काठमाडौँको नयाँ सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकार दिए।
तिमल्सिनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
666
Shares

प्रतिक्रिया