अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको छ।
पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रु ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै पीडितबाट रु तीन लाख ५० हजार लिएका थिए।
रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।
Shares

प्रतिक्रिया