खेल


प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

प्रकाश न्यौपाने
पुस २६, २०७७ आइतबार ११:५२,

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो। उसका लागि अमर रसाइली ३४, इकलाख अहम्मदले नटआउट १९ र अर्पण लोनियाले १२ रनको योगदान दिए। बलिङमा कपिलवस्तुका दुर्गेश कुर्मीले २, गणेश हरिजन, रमज अग्रहरी, वसिर अहम्मद, शिव कुँवरले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २३।४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो। उसका लागि इमरान खानले १८, रवि शुक्लाले नटआउट १३ र राज अग्रहरीले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन्।

बलिङमा नवलपरासीका अजित यादवले र जितेन्द्र साहनी ३/१ तथा अर्पण लोनिया, इकलाख अहम्मद र रविस कुर्मीले १/१ विकेट लिए। खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच भए। भोलि पाल्पा र नवलपरासीबीच प्रतिस्पर्धा हुनेछ। आजको खेल मैसम खराबी भएपछि २६ ओभरमा छोट्याइएको थियो।

उता आजबाट दाङको लमहीमा सुरु भएको समूह ‘बी’को पहिलो खेलमा दाङले बर्दियालाई ६७ रनले पराजित गरेको छ। दाङले २०९ रन बनायो भने बर्दिया १३३ रनमा अलआउट भयो।

समूह ‘बी’अन्तर्गत भोलि लमहीमा बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ। नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडौ‌ंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad