दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ।
मकवानपुरको फापरबारी घर भएकी ३३ वर्षीया सम्झना रोका मगरको आकस्मिक रुपमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
सम्झना मन्दिरको दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेपछि सामान्य बिरामी भएकी थिइन्। बिरामी भएर मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उनलाई उपचारका लागि चरिकोट ल्याइएको थियो।
शनिबार बिहान १०ः३० बजे चरिकोट अस्पताल पुर्याइएकी मगरको ११ः३० बजे मृत्यु भएको हो। उनको शव चरिकोट अस्पतालमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।

प्रतिक्रिया