प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘धम्की’ दिएका छन्।
नेकपा ओली समूहले गत शुक्रबार धनगढीमा आयोजना गरेको सभा (जहाँ ठूलै भीड लागेको थियो) लाई संकेत गर्दै अध्यक्ष मिश्रले संविधान कुल्चिने, काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न पनि हजारौं नागरिक भेला हुने भनेर शनिबार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेपछि सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत नै मिश्रलाई ‘सीमामा बस्न’ चेतावनी दिएका हुन्।

त्यसपछि पुनः मिश्रले टि्वट गरेर रिमाललाई धम्कीयुक्त भाषा प्रयाेग नगर्न सुझाव दिएका छन्।

3
Shares

प्रतिक्रिया