भारतको हिमाञ्चल प्रदेशमा शनिबार राति भूकम्प गएको छ।
भारतको नेसनल सेन्टर अफ सिस्मोलजीका अनुसार राति ८ बजेर २२ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। काँगडाको करेरी लेकमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार भूकम्पको धक्का महसुस हुनेबित्तिक्कै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए।
क्षतिकाे विवरण आइसकेको छैन।

प्रतिक्रिया