समाज


अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, ९ जनाको मृत्यु, १६ घाइते

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, ९ जनाको मृत्यु, १६ घाइते

नेपालखबर
साउन १९, २०७६ आइतबार ९:५३,

अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .