ad ad

समाज


तीन वर्ष जेल बसेका गिरीको फोनबाटै असुली धन्दा

तीन वर्ष जेल बसेका गिरीको फोनबाटै असुली धन्दा

नेपालखबर
साउन १९, २०७६ आइतबार ९:५०,

मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई पक्राउ गरेको छ।

विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गरेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .