ad ad

समाज


पोर्चुगलमा नेपाली युवाद्वारा आत्महत्या, मर्नुअघि आमालाई सम्बोधन गर्दै लेखेका थिए भावुक स्टाटस

पोर्चुगलमा नेपाली युवाद्वारा आत्महत्या, मर्नुअघि आमालाई सम्बोधन गर्दै लेखेका थिए भावुक स्टाटस

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ४:३०,

बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन्।

पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँवरले शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फालेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी चारतला माथिबाट हामफालेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .