ad ad

समाज


वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा, सडकमा तैनाथ गरियो भारी सुरक्षाकर्मी

वासिङटनमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा, सडकमा तैनाथ गरियो भारी सुरक्षाकर्मी

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:४८,

वासिङटनका मेयर म्युरियल बाउसरले वासिङटनमा रातभर कर्फ्यू जारी गरिएको बताउँदै १५ दिनसम्म आपतकालनी अवस्थाको घोषणा गरिएको जानकारी दिइन्।

हाल वासिङटनमा थप दंगाको खतरालाई मध्यनजर गर्दै सडकमा भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

मेयर बाउसरले ट्रम्पका समर्थकले अमेरिकी संसदभित्र रसायनले आक्रमण गरेको साथै इटा, बोतल र बन्दुकसमेत प्रहार गरेको बताइन्।

No description available.

अमेरिकी संसदमा ट्रम्पका समर्थकले आक्रमण गरेपछि विश्वभरका नेताहरुले यस कार्य लोकतन्त्र विरोधी भएको बताइरहेका छन्।

ट्रम्पले राष्ट्रपतिको निर्वाचन हारेपछि पनि चुनावमा धाँधली भएको दोहोर्याउँदै बताइरहेका छन्।

यसबीचमा उनका प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद भवनभित्रै घुसेर हुलदंगा गरेका थिए।

हालसम्म यस घटनामा चार जनाको मृत्यु भएको छ भने ५२ जनालाई गिरफ्तार गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .