ad ad

राजनीति


म प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ : वामदेव गौतम

म प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ : वामदेव गौतम

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:४४,

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउने भएपछि त्यो दर्ता हुनुअघि नै आफूले राजीनामा दिन्थे भनेका छन्।

‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ,’ गौतमले बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘त्यसैले मैल समर्थन गरिनँ। असंवैधानिक भनेँ। अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ।’

उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको बताए।
त्यसैगरी प्रचण्ड–नेपाल नेतृत्वको समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाह नदिएको भन्दै दुवै पक्षसँग उनले असन्तुष्टि व्यक्त गरे।

‘त्यसैले अहिले म कुनै पनि पक्षमा छैनन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .