ad ad

राजनीति


संवैधानिक इजलासमा गएका कारण प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्न मिल्दैन : वामदेव

संवैधानिक इजलासमा गएका कारण प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्न मिल्दैन : वामदेव

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:५५,

नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत भएको बताएका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै गौतमले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको बताए। तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमा उक्त मुद्दामाथि सुनुवाई गरिरहेका कारण प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम भन्न नमिल्ने बताए।

‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदम हो’, गौतमले भने, ‘तर, सर्वोच्चले यसलाई संवैधानिक इजलासमा लगेपछि यो संवैधानिक विषय हो, यसलाई असंवैधानिक कदम भन्न मिल्दैन, भनियो भने संविधानविरुद्धमा हुन जान्छ। असंवैधानिक भन्यो भने राजनीतिक रुपमा अपमान हुन्छ।’

उनले अदालतले पुनःस्थापना गरिदिए पनि यो कदम असंवैधानिक भन्न नमिल्ने बताए।

उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने बेला र प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउँदा आफूलाई नसोधेको भन्दै गुनासो गरे। उनले प्रधानमन्त्रीको कार्यशैलीले नेकपामा समस्या आएको र त्यही कारण संसद विघटन हुन पुगेको बताए।

आफू प्रधानमन्त्री भएको भए अविश्वास प्रस्ताव आउनुभन्दा पहिल्यै राजीनामा दिने उनको भनाइ छ।

‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ,’ गौतमले बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै भने, ‘त्यसैले मैल समर्थन गरिनँ। असंवैधानिक भनेँ। अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .