समाज


अमेरिकी संसदभित्रै यसरी चल्यो गोली, मृत्यु भएकी महिला पूर्व अमेरिकी सेना (भिडियो)

अमेरिकी संसदभित्रै यसरी चल्यो गोली, मृत्यु भएकी महिला पूर्व अमेरिकी सेना (भिडियो)

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:१४,

गोली चल्दा एक महिलाको मृत्यु भएको थियो। ती महिलाको नाम एसली बेबिट रहेको र उनी सान डिएगोकी बासिन्दा भएको खुलेको छ।

उनी पूर्व अमेरिकी हवाई सेना रहेको पनि अमेरिकी संचारमाध्यमले जनाएका छन्।

गोली चलाइएको घटनाको भिडियो यतिबेला सामजिक संजालमा भाइरल बनेको छ।

(भिडियो)

अमेरिकी संसदभित्रै गोली चल्नु र संसदभित्रै हुलदंगा हुनुलाई विश्वभरका नेताले लोकतन्त्रविरुद्धको कार्य भनिरहेका छन्।

ट्रम्पले राष्ट्रपतिको निर्वाचन हारेपछि पनि चुनावमा धाँधली भएको बताउँदै आएका थिए।

(भिडियो)

यसबीचमा उनका प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद भवनभित्रै घुसेर हुलदंगा गरेका थिए।

क्यापिटल बिल्डिङमा घुसेर प्रदर्शनकारीले आक्रमण गर्न थालेपछि यसले जटिल अवस्था निम्त्याएको छ।

यो पनिः अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, कसले के भने?

संसदमा आक्रमण भएपछि ट्रम्पकै पार्टीका सिनेटरले भनेः आज चीन र रुस हाँसिरहेका होलान्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .