ad ad

अटो


विद्युतीय स्कुटर इप्लुटो सेभेनजी र इट्रान्स एनईओ खरिदमा २५ हजार अफर

विद्युतीय स्कुटर इप्लुटो सेभेनजी र इट्रान्स एनईओ खरिदमा २५ हजार अफर

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:१२,

भारतीय ‘प्योर ईभी’ ब्रान्डका स्कुटर बिक्री गरिरहेको ह्वाइट लोटस मोटर्सले दुई स्कुटरमा अफर सार्वजनिक गरेको छ।

कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसरमा ती ब्रान्डका इप्लुटो सेभेनजी र इट्रान्स एनईओ खरिदमा नगद १५ हजार रुपैयाँ तथा १० हजार रुपैयाँ बराबरकाे एसाेसरिज गरी २५ हजार रुपैयाँकाे अफर दिने भएको हो।

यसमा १५ हजार रुपैयाँसम्म छुट र १० हजार मूल्यबराबरको एसेसरिज समावेश गरिएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा इप्लुटो सेभेनजीको मूल्य २ लाख ४९ हजार रुपैयाँ र इट्रान्स एनईओको मूल्य २ लाख २९ हजार रुपैयाँ पर्छ।

यो अफर दुवै मोडेलमा लागू हुने कम्पनीले जनाएको छ।

दुवै स्कुटरमा २२ सय वाटको मोटर, चार घण्टामा चार्ज गर्न सकिने ६०भी ४०एएच लिथियम आयन फेर्न मिल्ने ब्याट्री छ। एकपटक चार्ज गरेपछि प्रतिघण्टा ६० किमि गतिमा ११६ किमिसम्मको गन्तव्य पुग्न सकिन्छ।

कम्पनीले साधारण मान्छेले यी स्कुटी प्रयोग गर्दा ५० हजार वार्षिक खर्च बचत गर्नसक्ने कम्पनीको दाबी छ।

ह्वाइट लोटस मोटर्सका प्रबन्धनिर्देशक अशोक खड्गीले नेपालमा विद्युतीय स्कुटरको प्रवर्द्धन भइरहेको बताए। उनले प्योर ईभी ब्रान्डका स्कुटरले नेपालको विद्युतीयमा रुपान्तरण हुने चाहनालाई पूरा गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .