समाज


ललितपुरका विद्यालयमा नगर प्रहरीले सिकाउन थाल्यो ट्राफिक नियम

ललितपुरका विद्यालयमा नगर प्रहरीले सिकाउन थाल्यो ट्राफिक नियम

नेपालखबर
पुस २२, २०७७ बुधबार १६:२१,

ललितपुर महानगरपालिकाका विद्यालयमा नगर प्रहरीले ट्राफिक नियम सिकाउन थालेको छ। नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा गएका नगर प्रहरीले ट्राफिक नियमसम्बन्धि कक्षा लिन बुधबारबाट सुरु गरेका हुन्।

बुधबार ट्रिपद्यम विद्याश्रम माध्यामिक विद्यालय ललितपुरको विद्यालयमा नगर प्रहरीले ट्राफिक नियम र सडकमा पैदलयात्रुले ख्याल गर्नु पर्ने कुरा जानकारी गराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए।

नगर प्रहरीले विद्यार्थी मार्फत सचेतना मुलक कार्यक्रम गर्दा परिवारका अन्य सदस्यलाई पनि सिकाउने भएकाले थप प्रभावकारी हुने नगरपालिकाको विश्वास छ। ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले आफ्नो नगरमा सडक दुर्घटनाका कारण हुने क्षति कम गर्न नगर प्रहरी सक्रिय हुने बताएका थिए।

सडकमा ट्राफिक प्रहरीले गर्ने संकेत, ट्राफिक बत्तिको संकेतको अर्थ सँगै पैदल यात्रुले बाटो काट्दा तथा सडक आसपास हिड्दा ध्यान दिनु पर्ने विषय जानकारी गराइएको छ।

student-traffic.jpg

गाडीमा चढ्दा र झर्दा, गाडिभित्र यात्रा गर्दा ध्यानदिनु पर्ने विषय, माधकपदार्थ सेवन गर्दा हुन सक्ने दुर्घटनाका बारेमा जानकारी गराउँदै चालकले रक्सी खाएर चलाएको गाडीमा समेत नचढ्न विद्यार्थीहरुलाई जानकारी गराइएको छ। घरबाट बाहिर निस्कँदा चम्किलो लुगा लगाउन र रिंगरोडमा हिड्दा गाडीको गति तिब्र हुने भएकाले बाटो नकाट्न र जेब्राक्रसबाट पनि जुनसुकै बेला बाटो काट्न नमिल्ने बारे जानकारी गराइएको छ।

विद्यार्थीहरुलाई सडक दुर्घटनाले भएका क्षतिबारेमा जानकारी मुलक पर्चा समेत वितरण गरिएको छ। ट्राफिक नियम पालना नगर्दा मान्छे, अस्पताल, आर्यघाट वा अस्पताल पुग्ने चेतावनी दिइएको छ। दुई वर्ष पहिले प्रहरी निरीक्षकबाट अवकास हुनु पहिले हाछेथू ललितपुर ट्राफिक प्रमुख थिए।

नगर प्रहरीले फुटपात र फोहोर उठाउने मात्रै काम नगरेर नगरबासिलाई पर्ने समस्यामा सहजीकरण गर्ने हाछेथूले बताए। यो अभियान दैनिक फरक फकर विद्यालयमा सञ्चालन गर्ने नगर प्रहरीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad