प्रहरीले सप्तरीमा माेटरसाइकललाई ठक्कर दिने नेपाली सेनाका गाडी चालक मनिषराज राईलाई पक्राउ गरेको छ।
राईले चलाएको बा१ग १९८१ नम्बरको नेपाली सेनाको वानटनले सप्तरी जिल्लाको रुपनी गाउँपालिका–१ रुपनी चोकमा स५प ५०७६ नं को मोटरसाइकललाई ठक्कर दिँदा अग्निसाईरण कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सेनाको सूर्यदल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि टोली अदली बदली गर्न आउँदै गरेको सो गाडीले बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिएको हो। घाइते चौधरीलाई उपचारका लागि गजेन्द्रनाराण सिंह अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया