ad ad

समाज


कञ्चनपुरमा भारतीय एसएसबीले गोली चलायो, एक नेपाली घाइते (भिडियो)

कञ्चनपुरमा भारतीय एसएसबीले गोली चलायो, एक नेपाली घाइते (भिडियो)

गोकुल जोशी
पुस २०, २०७७ सोमबार १५:२६,

कञ्चनपुरस्थित नेपाल–भारत सीमामा गोली चलेको छ।

जिल्लाको महाकाली नगरपालिका–१ स्थित नेपाल–भारत सीमा गडीगोठ क्षेत्रमा साेमबार बेलुकी गोली चल्दा एक जना नेपाली घाइते भएका छन्।

गोलीको छर्रा लागेर महाकाली नगरपालिका–१ का करिब १६ वर्षीय नरेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताए।

‘नेपाल–भारत सीमा पर्ने गडीगोठ भन्ने जंगलमा गोली चलेको खबर आएको छ। एक जना नेपाली गोलीको छर्रा लाग्यो भनेर वारी पट्टी आएका छन्’ डिएसपी थापाले भने।

घाइते सुनार अहिले प्रहरीको सम्पर्कमा आएका छन्। डिएसपी थापाका अनुसार गोली कस्ले चलाएको खुल्न सकेको छैन।

वनमा तस्करी रोक्न भारतीय वन रक्षकले गोली चलाएको प्रहरीको अनुमान छ।

‘जंगलमा गोली वन रक्षकले चलायो की कस्ले चलाए भन्ने बारे खुल्न सकेको छैन। वनमा काठ तस्करी हुने भएकाले त्यसलाई रोक्न भारतीय वन रक्षकले गोली चलाएको पनि हुन सक्छ। थप अनुसन्धान भइरहेको छ’ डिएसपी थापाले भने।

घाइते सुनारको अहिले महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .