ad ad

समाज


चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

नेपालखबर
साउन १८, २०७६ शनिबार १०:५७,

चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाएका हुन्।

 दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .