समाज


अस्ट्रेलिया कार दुर्घटनाका आरोपी नेपाली सिड्नी विमास्थलबाट पक्राउ

अस्ट्रेलिया कार दुर्घटनाका आरोपी नेपाली सिड्नी विमास्थलबाट पक्राउ

नेपालखबर
साउन १८, २०७६ शनिबार ११:८,

न्यू साउथ वेल्स प्रान्तको कुमामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको थियो। अन्य दुई जना घाइते भएका थिए।

नेपाली विद्यार्थीहरु समीक्षा सुवेदी र गोपाल भण्डारीको दुर्घटनामा परेर मृत्यु भएको थियो।

सोही घटनाका मुख्य आरोपी २२ वर्षीय सागर भट्टराई शुक्रबार साँझ सड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको अष्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।

भट्टराईमाथि खतरनाक तवरबाट गाडी चलाएकाले दुईजनाको मृत्यु भएका आरोप लागेको छ।

शुक्रबार अस्ट्रेलिया छाड्ने प्रयासमा रहेका भट्टराईलाई न्यू साउथ वेल्सका प्रहरीले उनलाई विमानस्थलबाट गिरफ्तार गरेका हुन्।

एक साता लामो अनुसन्धानपछि पक्राउ परेका आरोपी भट्टराईलाई मस्कट पुलिस स्टेसनमा राखिएको छ।

उनलाई आगामी २७ सेप्टेम्बरमा क्वीबियान अदालतमा पेश गरिनेछ। त्यसबेला सम्म उनी प्रहरीको नियन्त्रणमै हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .