ad ad

समाज


कोरोना संक्रमण चाँडै निको हुन्छ भनेर धेरै पानी पिउँदा बेहोस् !

कोरोना संक्रमण चाँडै निको हुन्छ भनेर धेरै पानी पिउँदा बेहोस् !

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ३:५१,

आवश्यकभन्दा बढी पानी पिउनु कति खतरनाक छ भन्ने उदाहरण बेलायतको एक घटनाले दिएको छ।

त्यहाँका ३४ वर्षीय ल्युक विलियमसन नाम गरेका व्यक्तिलाई कोरोना संक्रमण भएको थियो। त्यस क्रममा डाक्टरले उनलाई दैनिक २ लिटर पानी पिउन सल्लाह दिए।

तर उनले के ठाने भने कोरोना संक्रमण चाँडो निको पार्न बढी पानी पिउनुपर्ने रहेछ। त्यसपछि दिनमा २ लिटर मात्र हाेइन, ५ लिटर पानी पिउन थाले। जसले गर्दा उनको शरीरमा पानीको मात्रा अत्यधिक भयो र नुनको मात्रा निकै घट्यो र खतरनाक तहमा पुग्यो।

त्यसपछि उनलाई उल्टी हुने र बढी थकाइ लाग्न थाल्यो। र, एकदिन अचानक बेहोस् भए। हतार हतार हस्पिटल लगियो। उनको अवस्था नाजुक भइसकेकाले भेन्टिलेन्टरमा राखेर उपचार गरियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .