ad ad

राजनीति


कृषि क्षेत्रमा विदेशी लगानी खुला : बाबुराम भट्टराईले गरे चर्को बिरोध

कृषि क्षेत्रमा विदेशी लगानी खुला : बाबुराम भट्टराईले गरे चर्को बिरोध

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ३:५१,

कृषि क्षेत्रमा विदेशीले पनि लगानी गर्न पाउने सरकारी निर्णयको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले विरोध गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयलाई गलत, जनघाती र राष्ट्रघाती भन्दै विरोध गरेका हुन्।

कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने गरी मन्त्रिपरिषदले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५’ स्वीकृत गरेको छ। यसअघि कृषि क्षेत्रमा विदेशीले लगानी गर्न नपाउने व्यवस्था थियो। मन्त्रिपरिषद्ले सर्त राखेर कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको हो।

नेता भट्टराईले छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुलागर्ने निर्णय गरेको भन्दै विरोध गरेका छन्।

‘छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ, त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ,’ नेता भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ। किसान वेदखल हुनेछन्। खाद्यसुरक्षा धरापमा पर्नेछ। अर्थतन्त्र अरू परनिर्भर हुनेछ। सबैले प्रतिरोध गरौं।ओली हटाऊॅ देश बचाऊॅ।’

कृषि विज्ञहरुले पनि कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णयको विरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .