जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित वीरेन्द्रनगरबाट सासू–बुहारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम लागुऔषध बरामद गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। त्यसैगरी कौशिलाको कोठामा खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको घर्तीले बताए।
लागुऔषधसहित शान्ति सिंहको साथबाट २१ हजार ५०० नगद पनि बरामद गरिएको छ। पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया