राजनीति


प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, आजै थप आन्दोलनका कार्यक्रम घोषणा हुने

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, आजै थप आन्दोलनका कार्यक्रम घोषणा हुने

नेपालखबर
पुस १५, २०७७ बुधबार ४:४८,

नेकपा (प्रचण्ड-नेपाल समूह) को स्थायी कमिटी बैठक आज बस्दै छ। संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो।

दिउँसो १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए। ‘बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रमको विषयमा छलफल हुनेछ,’ नेता पोख्रेलले नेपालखबरसँग भने, ‘आजै दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् थप आन्दोलनका कार्यक्रम घोषणा गरिने छ।’

बैठकमा काठमाडौंमा उपलव्ध सचिवालय र स्थायी कमिटीका सदस्यहरु सहभागी हुने पोख्रेलले जानकारी दिए।

संसद विघटन गर्ने राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेकपा (प्रचण्ड- नेपाल) समूह चरणवद्ध सडक संघर्षमा छ। प्रचण्ड नेपाल समूहले मंगलबार राजधानी काठमाडौंसहित देशका सबै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गरेको थियो।

९ पुसमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध देशव्यापी आन्दोलन चर्काउने निर्णय गर्दै चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहले त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँलाई सँगसँगै अघि बढाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad