समाज


भारतमा खाना खाँदा पनि खोल्नु नपर्ने मास्क ! (भिडियो)

भारतमा खाना खाँदा पनि खोल्नु नपर्ने मास्क ! (भिडियो)

नेपालखबर
पुस १५, २०७७ बुधबार ०:३५,

कोरोना संक्रमणबाट बच्न मानिसले नयाँ नयाँ तरिका अपनाउन थालेका छन्।

यसैको एउटा उदाहारण हो– भारतको कोलकातामा चेनवाला मास्क। जुन खाना खाँदा पनि खोल्नु पर्दैन।

त्यहाँस्थित एक रेस्टुरेन्टले आफ्ना ग्राहकलाई यस्तै मास्क निःशुल्क दिने गरेको हो। जुन मास्कमा रहेको चेन खाना खाने बेला खोल्ने र खाइसकेपछि बन्द गर्ने गरिन्छ।

रेस्टुरेन्टका सञ्चालक सोमोश्री सेन गुप्ता भन्छन्, ‘बिनाशुल्क हामीले ग्राहकलाई मास्क दिइरहेका छौं। यो अनिवार्य छैन, कोही लगाउन चाहँदैनन् भने जबर्जस्ती छैन। तर संक्रमणबाट बचाउन हामीले यस्तो व्यवस्था गरेका हौं।’

तर ग्राहकले यस्तो मास्कलाई मानिसले निकै मनपराइरहेको उनको भनाइ छ। सुरक्षा तथा खाना खान दुवै हिसाबले यो उपयुक्त रहेको उनको दाबी छ।

सामाजिक सञ्जालमा उठ्यो प्रश्न
चेनवाला मास्कका विषयमा सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ। कतिपयले यो मास्कले कोरोनाबाट नबचाउने टिप्पणी गरेका हुन्।

किनकि यो मास्क विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुरूप छैन। एक जनाले भनेका छन्, ‘मास्कको चेन खोल्नु र नलगाउनु एउटै कुरा हो।’

त्याे मास्ककाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad