ad ad

समाज


विज्ञको दाबी : कोरोनाको नयाँ प्रजातिबाट डराउनु पर्दैन, भारतमै बनेको खोपले काम गर्छ

विज्ञको दाबी : कोरोनाको नयाँ प्रजातिबाट डराउनु पर्दैन, भारतमै बनेको खोपले काम गर्छ

नेपालखबर
पुस १४, २०७७ मंगलबार १:१५,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का वैज्ञानिकले बेलायतमा देखापरेको कोरोना भाइरसको नयाँ स्वरूप (स्ट्रेन) बाट आत्तिन नपर्ने दाबी गरेका छन्।

डब्लूएचओका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले दैनिक भास्करसँग कुरा गर्दै विश्वमा अहिले बनिरहेका खोपले नै यो नयाँ भाइरसविरुद्ध पनि काम गर्ने दाबी गरेका हुन्।

अहिलेसम्म देखापरेका कोरोनाका नयाँ प्रजाति सामान्य भएको उनको दाबी छ। उनका अनुसार भाइरसमा आउन सक्ने परिवर्तनलाई ध्यान दिएरै खोप (भ्याक्सिन) बनाइएको हुन्छ।

विशेषज्ञका अनुसार विश्वमा फरक फरक वस्तु राखेर भ्याक्सिन निर्माण भइरहेको छ। भारतमा बनिरहेको खोप प्रोटिनमा आधारित हो। तसर्थ भाइरसको परिवर्तनबाट डराउन पर्दैन। किनकि प्रोटिनमा आधारित खोपलाई ४ देखि ६ हप्ताभित्र अपडेट गर्न सकिन्छ। भलै, अहिलेसम्म यस्तो आवश्यकता परेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .