ad ad

समाज


अरुको खाताको रकम आफ्नोमा सार्ने एक युवा भक्तपुरबाट पक्राउ

अरुको खाताको रकम आफ्नोमा सार्ने एक युवा भक्तपुरबाट पक्राउ

नेपालखबर
पुस १४, २०७७ मंगलबार ०:४०,

अनलाइन सेवा प्रयोग गरी अरुको खातामा रहेको रकम आफ्नो खातामा सार्ने एक युवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका- ७ घर भइ भक्तपुरको ठिमी बस्दै आएका २१ वर्षीय अनिल थापा पक्राउ परेका हुन्।

थापाले खोटाङको ऐसेलुखर्क गाउँपालिका- ३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली बस्ने ३८ वर्षीय प्रविन राज भण्डारीले प्रयोग गर्दै आएको सिमकार्डमा अनलाइन सेवा लगइन गरेर भण्डारीको खाताबाट २७ हजार पाँच सय रुपैयाँ निकालेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।

गिरीका अनुसार धनबहादुर श्रेष्ठको नाममा रजिष्टर भएको सिम कार्ड भण्डारीले प्रयोग गर्दै आएका थिए। थापाले नेपाल टेलिकम भक्तपुर दुधपाटी कार्यालयमा गई नक्कली कागजातहरु पेश गरी सोही नम्बरको सिम कार्ड लिई उक्त नम्बरमा रजिष्टर रहेको Ps अनलाइन सेवा प्रयोग गरी खाताबाट ९ पुसमा २७ हजार पाँच सय रुपैयाँ आफ्नो खातामा पठाएर निकालेका हुन्।

अनलाइन सेवाको माध्यमबाट अर्काको खाताबाट रकम निकालेको उजुरीको आधारमा उनलाई भक्तपुरबाटै पक्राउ गरिएको गिरीले जानकारी दिए।

प्रहरीले उनको कोठाबाट ट्यापटप, मोवाइल, विभिन्न बैँकका चेक, विभिन्न व्यक्तिका नागरिकता, शैक्षिक प्रमाणपत्र, विभिन्न व्यक्तिका पासपोर्ट साइजका तस्बिर लगायतका सामान बरामद गरेको छ। उनलाई ठगी अभियोगमा कारबाही अधि वढाइएको गिरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .