ad ad

समाज


सावधान ! नेपालमा पनि भित्रिने खतरा छ बेलायतको संक्रामक नयाँ कोरोना : विज्ञ

सावधान ! नेपालमा पनि भित्रिने खतरा छ बेलायतको संक्रामक नयाँ कोरोना : विज्ञ

नेपालखबर
पुस १४, २०७७ मंगलबार ०:३३,

अहिले बेलायतलगायत देशमा फैलिरहेको पहिलेको कोरोना भाइरसभन्दा निकै संक्रामक यसको नयाँ प्रजाति नेपालमा पनि भित्रिने जोखिम रहेको भन्दै विज्ञले अहिलेदेखि नै सतर्कता अपनाउन सरकारसँग माग गरेका छन्।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नयाँ प्रजातिको भाइरस भित्रिन नदिन विमानस्थल तथा सिमानामा कडाइ गर्न सरकारलाई आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन नगर्ने हो भने महामारी दोहोरिन सक्छ।’

यस्तो छ डा. पाण्डेको सुझाव
दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टका रूपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ।

बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ। आयरल्यान्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापानलगायतका देशमा पनि यो भाइरस भित्रिएको छ।

नयाँ प्रजातिको यो भाइरस सर्ने दर तीव्र छ। यसको घातकता अझै निश्चित भएको छैन।

हामीले एयरपोर्ट तथा सिमानामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन नगर्ने हो भने महामारी फेरि दोहोरिन सक्छ। घातक प्रभाव कम भए पनि जोखिम वर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणाली भएकाका लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ।

हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ। दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शनी, जुलुस, नाराबाजी आदिका कारण संक्रमण फैलिने ठूलो खतरा छ।

अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिवार्य र सही तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं। विरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु/गराउनु नितान्त जरुरी छ।

जसरी उहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरी बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिँदैन, सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्न आवश्यक रणनीति बनाउन अत्यावश्यक छ।

योजनाबद्ध रूपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रवर्द्धन तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट हामीलाई छैन।

हामी आम जनता यो प्रजातिबाट आत्तिनु पर्दैन। यसको घातकता अर्को कोरोना भाइरसभन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिका लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरूले बताएका छन्।

याे पनि :  कोरोनाको नयाँ प्रजातिबाट डराउनु पर्दैन, भारतमै बनेको खोपले काम गर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .