ad ad

समाज


इन्डोनेसियामा पुनः नाका बन्दको घोषणा

इन्डोनेसियामा पुनः नाका बन्दको घोषणा

नेपालखबर
पुस १४, २०७७ मंगलबार ०:५,

नयाँ प्रकारको कोरोना भाइरस फैलिन थालेपछि इन्डोनेसियाले पुनः नाका बन्दको घोषणा गरेको छ। नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागू हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो। मन्त्रिपरिषद्को बेठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा त्यहाँका विदेशमन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए।

विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनले बताए।

सोमबारदेखि यही डिसेम्बर ३१ तारिखसम्म इन्डोनेसिया आउन लागेकाहरूलाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट देखाएर आउन पाउने व्यवस्था गरिएको छ । सो रिपोर्ट भने पछिल्लो ४८ घण्टाभन्दा पहिलाको हुनु पर्ने पनि सर्त राखिएको छ।

सङ्क्रमणमुक्त रहेको रिपोर्ट देखाउन नसक्नेलाई प्रवेश गर्न नदिन सरकारी अधिकारीहरूलाई कडा निर्देशन समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .