बाढी-पहिरोसँगै कतिपय ठाउँमा सडक मर्मतको काम चलिरहेकाले आज पनि देशका विभिन्न तीन सडकखण्ड अवरुद्ध भएका छन्। ६ वटा सडकमा भने एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।
सम्भावित पहिरोको कारण बीपी राजमार्ग अहिले अवरुद्ध छ। त्यसैगरी फाखेल-हुमाने-काठमाडौँ सडक र जाजरकोट- डोल्पा सडक पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी भोजपुर, इलाम, तेह्रथुम, काभ्रे, अर्घाखाँची र पाल्पामा यतिबेला सडकमा एकतर्फी गाडी चलिरहेका छन्।
हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

153
Shares

प्रतिक्रिया