ad ad

कला


महाराष्ट्रका गृहमन्त्रीको माग : बलिउड अभिनेता सुशान्तको आत्महत्या थियो वा हत्या, चाँडो निष्कर्ष देऊ

महाराष्ट्रका गृहमन्त्रीको माग : बलिउड अभिनेता सुशान्तको आत्महत्या थियो वा हत्या, चाँडो निष्कर्ष देऊ

नेपालखबर
पुस १३, २०७७ सोमबार २३:३१,

भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरण अनुसन्धानको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न सीबीआईसँग माग गरेका छन्।

सुशान्त मृत्युबारे जारी अनुसन्धानको निष्कर्ष के भयो भने आफूलाई महाराष्ट्र एवं देशका नागरिकले सोधिरहेको बताउँदै देशमु्खले यो मामिला अनुसन्धान गरिरहेको सीबीआईलाई त्यो आत्महत्या थियो वा हत्या, छिटो रिपोर्ट दिन आग्रह गरेका हुन्।

सीबीआईले ५ महिना पहिले अर्थात् गत अगस्टमा सर्वाेच्च अदालतले दिएको आदेशअनुसार अनुसन्धान गरिरहेको छ। यसपछि उसले धेरैपटक सूचना जारी गरेर अहिलेसम्म घटनाको निष्कर्षमा पुग्न नसकिएकाे बताइसकेको छ।

बलिउडमा राम्रो स्थान बनाएका अभिनेता सुशान्त गत जुन १४ का दिन बान्द्रास्थित आफ्नै निवासमा मृत भेटिएका थिए। सुरुमा प्रहरीले आत्महत्या भने पनि उनका बुवाले शंका व्यक्त गर्दै उजुरी हालेका थिए।

अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म हत्या वा आत्महत्या निचोड निस्किन नसकेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .