भारतका चर्चित यौन विज्ञ डा. महिन्दर वात्साको निधन भएको छ।
पत्रिकामा नियमित स्तम्भमार्फत भारतीय नागरिकको यौन जिज्ञासा मेटाउने गरेका उनको ९६ वर्षको उमेरमा निधन भएको हो।
डा. वात्सा दक्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिए र उनले एक दशकभन्दा लामो समयसम्म ‘आस्क द सेक्सपर्ट’ स्तम्भ लेखेका थिए।
जसमार्फत उनले हजारौं भारतीयका यौनसम्बन्धी प्रश्नको जवाफ दिने गरेका थिए।
उनका परिवारले जारी गरेको विज्ञप्तिमा उनले आफ्नै सर्तमा सम्मानजनक जीवन बाँचेको उल्लेख गरिएको छ। उनको मृत्युको कारण कुनै रोग हो वा होइन भन्नेबारे प्रस्ट पारिएको छैन। एजेन्सी
प्रतिक्रिया