ad ad

समाज


मोरङ र दाङमा भएको दुर्घटनाबाट तीनको मृत्यु

मोरङ र दाङमा भएको दुर्घटनाबाट तीनको मृत्यु

नेपालखबर
पुस १३, २०७७ सोमबार १६:११,

मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्व–पश्चिम राजमार्गमा आज सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मंगलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

जीपको ठक्करबाट मृत्यु
दाङमा जीपको ठक्करबाट आज एक पैदलयात्रुको मृत्यु भएको छ। लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा साँझ ६ बजे पैदल हिँडिरहेका प्युठान, मल्लरानी गाउँपालिका –५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .