ad ad

समाज


कीर्ते गरेर नागरिकता दिने प्रशासन प्रमुखलाई ५ दिन हिरासतमा राख्न अनुमति

कीर्ते गरेर नागरिकता दिने प्रशासन प्रमुखलाई ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
पुस १२, २०७७ आइतबार ११:०,

ईलाका प्रशासन कार्यालय गौरीगन्ज झापाबाट एउटै नागरिकता फरक–फरक व्यक्तिलाई वितरण भएको पाइएको छ।

प्रहरीले कार्यालय प्रमुख धनन्जय कुमार शाहसहित तीन जना कर्मचारीलाई आइतबार पक्राउ गरेपछि एउटै नम्बरका नागरिकता दोहो¥याएर फरक व्यक्तिलाई दिएको खुलेको हो।

आइतबार कार्यालय प्रमुख शाह, कार्यालय सहयोगी आसिर आलम र कृष्ण प्रसाद तिम्सिना पक्राउ परेका हुन्।

गौरादह नगरपालिका ७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४÷०६÷७७÷००५९१०, दीपिका राई (नागरिकता नम्बर ०४÷०६÷७७÷००५९२० र बिशाल राई (नागरिकता नम्बर ०४÷०६÷ण्७७÷००५९३० लाई नागरिकता बितरण गरे पनि कार्यालयमा अभिलेख फेला नपरेपछि उनीहरुमाथि अनुसन्धान अगाडि बढेको थियो।

नागरिकतामा उल्लेख भएका व्यक्ति ती ठेगनामा नभेटिएको र ती नम्बरका नागरिकता अन्य व्यक्तिलाई दिएको पाइएको छ।

प्रशासनका कर्मचारीले ती अभिलेख संशोधन गरेर अर्कै व्यक्तिलाई हस्तलिखित नागरिकता दिएको खुलेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए।

पक्राउ परेका व्यक्तिलाई नागरिकतासम्बन्धी ऐनमा कारबाही अगाडि बढाइएको छ। आइतबार जिल्ला अदालत झापाले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .