ad ad

कला


रजनीकान्त अस्पतालबाट भए डिस्चार्ज

रजनीकान्त अस्पतालबाट भए डिस्चार्ज

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:५५,

रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई गत शुक्रबार बिहान हैदरवादस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले एक वक्तव्य जारी गर्दै रजनीकान्त आज अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको छ।

यद्यपी उनलाई एकहप्ता आराम गर्न र ब्लड प्रेसर परीक्षण गरिरहन भनिएको अस्पतालले जनाएको छ।

केहीदिन अघि उनको कोरोना समेत परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको थियो।

रजनीकान्त पछिल्ला केही दिनदेखि फिल्म सुटिङका क्रममा हैदरवादमा थिए। सुटिङकै क्रममा ८ जनलाई कोरोना पोजिटिभ देखिएपछि सुटिङ रोकेर उनी कडा निगरानीमा आइसोलेसनमा बसेका थिए।

सन् २०२१ को सुरुवातमै उनले नयाँ पार्टी खोल्ने पनि घोषणा गरिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .