ad ad

खेल


सान्टा क्रुजका एक मात्र फ्यान टियागो बनाइए क्लब प्रमुख, सयवर्षपछि जित्यो राज्यस्तरीय खेल

सान्टा क्रुजका एक मात्र फ्यान टियागो बनाइए क्लब प्रमुख, सयवर्षपछि जित्यो राज्यस्तरीय खेल

नेपालखबर
पुस १२, २०७७ आइतबार ११:१५,

सन् २०१२ मा ग्रेमियो क्लबसँग प्रतिस्पर्धा हुँदा उक्त खेलमा सान्टा क्रुजलाई साथ दिन एकमात्र समर्थक मैदानमा उपस्थित भएका थिए।

ती थिए पत्रकार टियागो रेच। त्यस खेलमा उनको टोली ४–१ ले पराजित भएको थियो। उनी हरेक खेलमा सान्टा क्रुजलाई समर्थन गर्न आउँथे।

उनको क्लबप्रतिको माया देखेर सन् २०१८ मा उनलाई सान्टा क्रुजको प्रमुख बनाइयो। गतहप्ताको शुक्रबार मात्र सान्टा क्रुजले १०७ वर्षपछि ब्राजिलको राज्यस्तरीय खेल जित्यो।

Image may contain: 2 people, beard and text

यस जितसँगै सान्टा क्रुजका प्रमुख टियागो रेचको प्रशंसा भइरहेको छ। क्लबलाई कसैले साथ नदिँदा उनी एक्लै मैदानमा आफ्नो क्लबलाई साथ दिन आएका थिए।

मिहिनेतको फल मिठो हुने उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .