ad ad

समाज


थप ५ सय जनामा कोरोना पुष्टि, ८४० निको भए, ३ को मृत्यु

थप ५ सय जनामा कोरोना पुष्टि, ८४० निको भए, ३ को मृत्यु

नेपालखबर
पुस ११, २०७७ शनिबार १०:३७,

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मनत्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४६ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८४० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४९ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ३ जना संक्रमितको निधन भएको छ। योसँगै निधन हुनेको संख्या १ हजार ८१९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .