समाज


मकवानपुरको बस्तीपुरमा बस दुर्घटना, एकको मृत्यु, आठ जना घाइते

मकवानपुरको बस्तीपुरमा बस दुर्घटना, एकको मृत्यु, आठ जना घाइते

नेपालखबर
पुस ११, २०७७ शनिबार १०:३०,

हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए।

सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन्। उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .