प्रकाशित समाचारको विषयलाई लिएर रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेले पत्रकारसँग स्पष्टीकरण लिएका छन्।
प्रजिअ अधिकारीले पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसी र पत्रकार गणेश विशुसँग स्पष्टीकरण लिएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघका अनुसार नागरिक दैनिकमा २०७७ कात्तिक २८ गते ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर अनुसन्धान समिति गठन गरी पत्रकारद्वयसँग स्पष्टीकरण सोधिएको थियो।
प्रकाशित समाचारको विषयमा पत्रकारसँग स्पष्टीकरण सोधिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारको बाटो खोजिनु पर्नेमा जिल्लाका जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले स्पष्टीकरण सोधिनु आफैंमा निन्दनीय र हास्यास्पद छ’ महासंघले शुत्रबार विज्ञप्ति निकालेर भनेको छ ।
साथै महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका कार्य नदोहोर्याउन सम्बन्धित अधिकारीको ध्यानाकर्षण पनि गराएको छ।
Shares

प्रतिक्रिया