ad ad

समाज


बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

नेपालखबर
पुस ८, २०७७ बुधबार २३:५६,

सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपाल आएका व्यक्तिलाई अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड-१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका हुन्।

नयाँ प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैले अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था सरकारले गरेको हो।

बेलायतमा देखिएको नयाँ प्रजातिको कोभिड–१९ भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको गौतमले बताए। उनले बेलायतबाट नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउन अनुरोध गरे।

मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई निर्देशन दिएको छ। नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार ९७९ जनामा सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये दुई लाख ४६ हजार ६६१ जना निको भएका छन् भने एक हजार ८०३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .