ad ad

समाज


कोरोना संक्रमण : भारतका विभिन्न राज्यमा कर्फ्यु

कोरोना संक्रमण : भारतका विभिन्न राज्यमा कर्फ्यु

नेपालखबर
पुस ९, २०७७ बिहिबार ०:१५,

कोरोना भाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु आदेश जारी गरिएको छ ।

दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म बुधबार कर्फ्यु आदेश जारी गरिएको छ। कफ्र्यु रातको समयमा मात्रै लागू हुने छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन्।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको थियो। महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कफ्र्यु लगाइएको अधिकारीहरूले जनाएका छन्।

नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन्।।

कर्नाटकका स्वास्थ्यमन्त्री डा.के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन्।।

चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कफ्र्यु लगाइएको अधिकारीहरूको भनाइ छ । भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने १४ हजार १४ जना सक्रिय संक्रमित उपचारको क्रममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .