ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै गृहमन्त्री थापाले भेटे प्रचण्डलाई

प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै गृहमन्त्री थापाले भेटे प्रचण्डलाई

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:४६,

गृहमन्त्री रामबहादुर थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।

बुधबार दिउँसो प्रचण्डलाई भेट्न गृहमन्त्री थापा उनकै निवास खुमलटार पुगेका थिए। दुई नेताबीच केहीबेर छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।

‘अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाबीच छलफल भएको छ, छलफल सकारात्मक भएको उहाँहरुले प्रतिक्रिया दिनुभएको छ’, सापकोटाले नेपालखबरसँग भने।

गृहमन्त्री थापासँग छलफल सकेर अध्यक्ष प्रचण्ड संसदीय दलको बैठकमा सहभागी हुन बानेश्वर पुगेका छन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षले मंगलबार राखेको छुट्टाछुट्टै केन्द्रिय समिति बैठकमा थापा कतै गएका थिएनन्।

गृमनत्री थापा प्रचण्ड–नेपाल समूहको संसदीय बैठकमा सहभागी हुन पुग्ने बताइए पनि उनी अहिलेसम्म नआएको एक नेताले बताए।

अध्यक्ष प्रचण्डलाई भेट्नुअघि मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली पनि धभेटवार्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .