ad ad

समाज


बहिनीले प्रेम विवाह गरेकी थिइन्, तीन दिनपछि दाजुले घरमै गएर गरे हत्या

बहिनीले प्रेम विवाह गरेकी थिइन्, तीन दिनपछि दाजुले घरमै गएर गरे हत्या

नेपालखबर
पुस ८, २०७७ बुधबार ३:४,

खोटाङमा प्रेम विवाह गरेकी एक युवतीको हत्या भएको छ। आफैँले रोजेको केटासँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाकी २६ वर्षीया सकुन्तला राईको दाजुले हत्या गरेका हुन्।

आफूखुसी विवाह गरको भन्दै ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेका प्रहरीले जनाएको छ।

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलालाई जङ्गलमा लगेर हत्या गरेका हुन्।

हत्या हुुनुुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको उनका पति दिनेशले बताए। ‘बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेका थिए, हत्या गरेछन्,’ उनले भने।

हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लिएर गएको उनले बताए।, ‘घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा शव फेला पर्यो,’ दिनेशले भने।

भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए। ‘दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्,’ उनले भने, ‘दाजुले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गगर्दा दिदीको हत्या भयो। हत्यामा संलग्नमाथि कडा कारबाही होस्,’ समीरले भने।

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर फर्किएका थिए। दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा हुँदा सकुन्तला काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन्।

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको भाइ सञ्जीवले बताए। सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्।

हत्यामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ। हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गर्नेछौँ,’ चिमरियाले भने।

दाजुुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन्। उत्तिसको लाथ्रोले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .