ad ad

राजनीति


जम्मु-कस्मिरलाई केन्द्र प्रशासित प्रदेश बनाएपछिकाे पहिलो चुनाव : यस्ताे आयो नतिजा

जम्मु-कस्मिरलाई केन्द्र प्रशासित प्रदेश बनाएपछिकाे पहिलो चुनाव : यस्ताे आयो नतिजा

नेपालखबर
पुस ८, २०७७ बुधबार ३:३२,

जम्मु-कस्मिर जिल्ला विकास परिषद् (डीडीसी) का २८० सिटका लागि भएको निर्वाचनमा फारुक अब्दुल्ला नेतृत्वको ७ पार्टीको गुपकर गठबन्धनले सबैभन्दा बढी ११३ सिट जितेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ७३ सिटका साथ भारतीय जनता पार्टी (बीजेपी) एक्लै सबैभन्दा ठूलो पार्टी बनेको छ। बीजेपीले पहिलोपटक कस्मिर उपत्यकामा ३ सिट जितेको छ।

केन्द्र प्रशासित राज्यस्थित निर्वाचन आयोगका अनुसार पिपुल्स अलायन्स फर गुपकर डिलेक्रेसन (पीएजीडी) सय सिट जितेको छ भने १२ स्थानमा ऊ अगाडि देखिएको छ।

४७ स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने अन्य ६ स्वतन्त्र उम्मेदवार अगाडि बढिरहेका छन्।

जम्मु-कस्मिर अपनी पार्टी (जेकेएपी) को अवस्था भने निराशाजनक देखिएको छ। यस पार्टीले ११ सिटमा मात्रै विजय प्राप्त गरेको छ र एक स्थानमा अग्रता लिइरहेको छ।

कांग्रेसले अहिलेसम्म २२ सिटमा जित हासिल गरेको छ भने अन्य ५ स्थानमा अगाडि देखिएको छ।

बीबीसीका अनुसार ८ चरणमा गरिएको डीडीसी चुनाव गत नोभेम्बर २८ मा सुरु भएको हो।

गत वर्ष जम्मु–कस्मिरलाई दिइएको विशेष मान्यता खारेज गरिएपछि तथा केन्द्र शासित प्रदेश बनाइएपछिको यो पहिलो चुनाव हो।

जम्मु-कस्मिर क्षेत्रका १४०-१४० सिटका लागि चुनाव भएको थियो।

हिन्दुबाहुल्य जम्मुमा नतिजा बीजेपीका पक्षमा देखिएको छ भने मुसलमान बाहुल्य कस्मिरमा पीएजीडीको दबदबा देखिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .