ad ad

छापा खबर


अमेरिकाले भन्सार छुट दिएका वस्तुको निर्यात घट्दै

अमेरिकाले भन्सार छुट दिएका वस्तुको निर्यात घट्दै

नेपालखबर
पुस ८, २०७७ बुधबार २:३९,

अमेरिकाले नेपालका ७७ वटा वस्तुको निर्यातमा भन्सार छुट दिए पनि ती वस्तुको निर्यात भने घट्दै गएको छ।

अमेरिकाको मागअनुसार वस्तु उत्पादन हुन नसक्दा निर्यात घट्दै गएको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

अमेरिकामा नेपाली वस्तुको माग बढ्दै गए पनि पर्याप्त उत्पादन गर्न नसक्दा भन्सार छुट पाए पनि नेपालले निर्यात भने अझै बढाउन नसकेर घट्दै गएको हो।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/ 0७५मा अमेरिकामा कुल निर्यात ९ अर्बको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६७ करोड १२ लाख ३ हजार रुपैयाँको भएको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६मा कुुल निर्यात १० अर्ब ८४ करोड ८ लाख ६२ हजार भएकोमा छुट पाएका वस्तुको निर्यात ६८ करोड ३८ लाख १८ हजार रुपैयाँको भएको थियो।

२०७६–७७ मा अमेरिकामा कुल निर्यात ९ अर्ब ४ करोड ४३ लाख ६६ हजार भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात घटेर ३५ करोड ४८ लाख ७९ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्याङक छ।
मुलुकमा वस्तु निर्यात गर्नका लागि ठुलो मात्रामा वस्तु उत्पादन नहुँदा भन्सार छुट दिएको सुविधा समेत उपयोग गर्न नसकिएको व्यापार विज्ञको भनाई छ।

अमेरिकमा स्वदेशी उत्पादनको बजार भएपनि उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसकिएको विज्ञ बताउँछन । व्यापारविज्ञ रविशंकर सैंजु मुुलुकमा पर्याप्त उत्पादन गर्न नसक्दा अमेरिकाले दिएका सुविधा उपयोग गर्न नसकिएको बताउँछन । स्वदेशी वस्तुको उत्पादन बढाउनका लागि सम्झौता भएपनि जुन कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .