भारतीय राज्य पञ्जाबको सीमास्थित गुर्दासपुर जिल्लामा ११ वटा ग्रिनेड भेटिएको र उक्त ग्रिनेड पाकिस्तानबाट आएका ड्रोनले खसालेको भारतीय संचार माध्यमले जनाएका छन्।
यसैहप्ताको आइबार साँझ बमहरु भेटिएका थिए। सोही दिन त्यहाँको सीमामा पाकिस्तानी ड्रोनहरु देखा परेका थिए।
सीमा सुरक्षा बलले आक्रमण गरेपछि ती ड्रोनहरु पाकिस्तानी भूमिमा भागेका थिए।
पछिल्लो समय भारतीय सीमामा ड्रोनको संदिग्ध गतिविधि बढिरहेको छ। यसबीचमा सीमामा सुरुङहरु पनि फेला परिरहँदा अहिले ग्रिनेड भटिएका हुन्।
भारतले पाकिस्ताने आतंकवादीलाई प्रयोजन गरेर भारतीय भूमिमा आक्रमणको योजना बनाएको आरोप लगाउने गरेको छ। एनडीटीभी

प्रतिक्रिया