समाज


प्रधानमन्त्रीको कदमले बार विभाजित, महासचिव र कोषाध्यक्षले जारी गरे फरक विज्ञप्ति

प्रधानमन्त्रीको कदमले बार विभाजित, महासचिव र कोषाध्यक्षले जारी गरे फरक विज्ञप्ति

नेपालखबर
पुस ७, २०७७ मंगलबार ३:३३,

संसद विघटनको विषयलाई लिएर नेपाल बार एसोसिएसनमा विभाजित भएको छ।

बारका महासचिव र कोषाध्यक्षले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीको पछिल्लो कदमको समर्थन र विरोध गरेका छन्।

सामान्यतया यसअघि महासचिवले बारका तर्फबाट विज्ञप्ती जारी गर्ने प्रचलन थियो। तर, यस पटक कोषाध्यक्षले छुट्टै विज्ञप्ती जारी गरेका छन्। महासचिव लीलामणी पौडेल र कोषाध्यक्ष रुद्र पोखरेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन्। पौडेलले जारी गरेको विज्ञप्तिमा ओलीको कदमको विरोध गरिएको छ भने पोरखेलकोमा समर्थन गरिएको छ।

पौडेल काँग्रेस निकट र पोखरेल नेकपा निकट मानिन्छन्। यद्यपि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधान विपरित भएको अभिव्यक्ति दिएका छन्। श्रेष्ठले भने, ‘यो गैर संवैधानिक छ। देश र जनताको हितमा छैन।’

महासचिव पौडेलद्वारा जारी विज्ञप्तीमा पर्याप्त कारण र आधार नहुँदै प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ।

कोषाध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तीमा भने प्रधानमन्त्रीको कदम ‘ताजा जनादेशका लागि’ भएकोले टिप्पणी गर्न उपयुक्त नहुने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad