समाज


बेलायतलगायत देशमा कोरोनाले नयाँ रूप लिएपछि विश्वभर बढ्याे चिन्ता, डब्लूएचओ भन्छ: डराउनु पर्दैन

बेलायतलगायत देशमा कोरोनाले नयाँ रूप लिएपछि विश्वभर बढ्याे चिन्ता, डब्लूएचओ भन्छ: डराउनु पर्दैन

नेपालखबर
पुस ७, २०७७ मंगलबार ३:४१,

बेलायतमा कोरोना भाइरसले नयाँ रूप लिएपछि अहिले विश्वभर चिन्ता बढेको छ। ४० भन्दा बढी देशले बेलायत आवतजावतमा रोक लगाइसकेका छन्।

यसबीच युरोपेली संघ एक साझा नीति बनाउन छलफल गरिरहेको छ।

डेनमार्कमा पनि कोरोनाका नयाँ रूप फेला परेका छन्। जसले गर्दा स्विडेनले त्यस देशसँगको आवतजावत बन्द गराएको छ।

नयाँ स्वरूपकाे भाइरस संक्रामक त देखिएको छ तर यो बढी घातक भन्ने प्रमाण छैन। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने नयाँ रूपमा देखिएको कोरोना भाइरसबाट डराउनु नपर्ने बताएको छ।

डब्लूएचओका आपतकालीन प्रमुख डा. माइक रायनले भने, ‘महामारी फैलिने क्रममा भाइरसको नयाँ रूप देखिनु सामान्य कुरा हो, जुन नियन्त्रण बाहिर छैन।’

तर आइतबार बिहान बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले भाइरसको नयाँ स्वरूप नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad